भिरबाट लडी घाइते पुरुषको सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो उद्धार

लोकपथ
494
Shares

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडी घाइते भएका पुरुषको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
शुक्रवार भिरबाट लडी घाइते भएका पुरुषको आज सुदूरपश्चिम प्रदेश सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

भिर बाट लडी घाइते भएका जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका २ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

घटना भएको जानकारी प्राप्त हुनासाथ उद्धारका लागी पहल गरिएको र अहिले उद्धार गरी पठाइएको बताउँदै मन्त्री जोशीले उद्धारका क्रममा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?