रोजीमा प्रदिपले परमितासँग रोमान्स गर्ने

काठमाडौं । नायक प्रदिप खड्काले नयाँ चलचित्र ‘रोजी’मा काम गर्दै छन् । ‘रोजी’मा प्रदिपको जोडी ‘लालपुर्जा’ डेव्यू गर्ल मिरुना मगर फाइनल भएको समाचार केहि दिन पहिले सञ्चारमाध्यममा आएको थियो । तर, यो कुरामा नायक खड्काले असहमती जनाएका छन् । 

चलचित्र ‘रोजी’मा भने नायिका फाइनल गरिएको छ । निर्माण टिमका अनुसार ‘रोजी’मा प्रदिपसँग ‘चपली हाइट २’ डेव्यूगर्ल परमिता आरएल राणाले अभिनय गर्नेछिन् । यो कुराको पुष्टी ‘एनएफडीसी चलचित्र पुरस्कार’मा राखिएको चलचित्रको फस्टलुक पोस्टरले गरेको थियो । प्रदिपले लभस्टोरी चलचित्रमा आजसम्म पुजा शर्मा, अश्लेषा ठकुरी, जसिता गुरुङ लगायतका अभिनेत्रीसँग पर्दा सेयर गरिसकेका छन् ।

‘रोजी’ गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टका लागी उद्धव पोडेलको प्रस्तुतीमा यो सिनेमा निर्माण हुने छ । सिनेमामा प्रदिप र परमिताका अलवा कर्मा, बरुण राणा, रविन्द्र खड्का लगायतका कलाकारको मुख्य भुमिका रहने छ । चलचित्र रोजीलाई निरक पौडेलले निर्देशन गर्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?