काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउँन सफल अभिनेता खगेन्द्र लामिछाने । अभिनेता लामिछानेले अभिनय रहेको सिनेमा ‘डमरुको डन्डीबियो’ आगामी वैशाख २१ गतेबाट अल नेपाल रिलीज हुँदैछ ।
‘डमरुको डन्डीबियो’ यतिबेला दर्शकको नजरमा पर्न सफल भएको छ । टेलर रिलीज भएसँगै चलचित्र प्रति दर्शकको नजरमा पर्न थालेको छ । यतिबेला निर्माण टिम सिनेमाको प्रचार–प्रसारमा व्यस्त छन् । यसैको स्वरुप शनिबार चलचित्रले डन्डीबियोको ठ्याक लगाउने प्रतियोगिताको आयोजना गरिएको थियो ।
जहाँ चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, अशान्त शर्मा, लक्ष्मी बर्देवा, निर्माताद्धय नोर्बु छिरिङ्ग घले, विनोद गुरुङ लगायत लगाउने प्रतियोगितमा उपस्थित थिए । ठ्याक लगाउने प्रतिस्पर्धामा दर्शकको राम्रो उपस्थिति रहेको थियो । उपस्थित दर्शकसँगै निर्माता, कलाकारहरुले डन्डीबियोमा ठ्याक लगाएका थिए । प्रतिस्पर्धामा सिठ्ठो ठ्याक लगाउनेलाई २५०० सय, छैंटो ठ्याक लगाउनेलाई १५०० सय, पाँचो ठ्याक लगाउनेलाई ५०० सय बराबरको फूड वा कफी कुपन वा टिसर्टरक्याप र इनर्जी ड्रिंक्स, तियोरचारो लगाउनेलाई टिसर्ट र पेन पुरस्कार दिइएको थियो ।
दर्शकले खगेन्द्रलाई टुडिखेलमा देख्नासाथ पशुपती प्रसाद भन्दै सेल्फी र फोटो खिच्न झुम्मिएका थिए । यहिबेला उनले आफ्नो नयाँ सिनेमा ‘डमरुको डन्डीबियो’ बारेमा बताए र दर्शकलाई चलचित्र हेर्ने आग्रह गरे ।
डन्डीबियोमा खगेन्द्र लामिछानेको कथा, छेतेन गुरुङको निर्देशन रहेको छ । समृद्दी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमालाई विनोद गुरुङ र नोर्बु छिरिङ घलेले निर्माण गरेका हुन । डमरुको डन्डीबियोमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेका छन् । हरि हुमाँगाईको छायाँकन गरेको चलचित्रलाई निमेष श्रेष्ठ र प्रितम पाण्डले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया