प्रधानमन्त्री देउवाले बोलाए पूर्णता पाएपछिको पहिलो मन्त्रिपरिषद् बैठक

लोकपथ
630
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक राखेका हुन् । बैठक केहीबेरमै सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ भने उनीहरुको राष्ट्रपति भवन शीतल निवासमा साँझ शपथ भएको थियो । शपथलगत्तै बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारतिर लागेका छन् । आज राष्ट्रपतिले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?