मन्त्रिमण्डल विस्तारबारे सरकार र प्रधानन्यायाधीशसँग कमल थापा रुष्ट

लोकपथ
936
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मन्त्रिमण्डल विस्तारबारे आपत्ति जनाएका छन् ।

वर्तमान सरकारमा उद्योगमन्त्रीको जिम्मेवारी पाएका गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको भन्दै वर्तमान सरकारप्रति आपत्ति जनाएका हुन् ।

गैर सांसद रहेका हमाललाई निर्दलीय व्यक्तिको संज्ञा दिँदै वर्तमान सरकारले लेनदेनको आधारमा काम गरेको आरोप लगाए ।

‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘निर्दलीय’ व्यक्तिको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ।’ उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री भएको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष थापाले सो प्रकरणले न्यायालयको विश्वासनीयतामाथि नै प्रश्न उठेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै कानुनी राज्यको चिरहरण भएको टिप्पणी गर्दै प्रधानन्यायाधीशले नैतिकता गुमाएको समेत आरोप लगाए ।

‘न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो।कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ।गठबन्धन नाङ्गो भएको छ। प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो ।’ उनले भने ।

शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको ८८ दिनमा शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?