काठमाडौं । एक समय यस्तो थियो अभिनेत्री निरुता सिंहले नेपाली सिनेमामा एकछत्र राज चलाएकी थिइन् ।
तुलसी घिमिरे निर्देशीत चलचित्र ‘दक्षीणा’बाट उनले नेपाली चलचित्र क्षेत्रमा डेव्यू गरिन । उनले दोस्रो चलचित्र पनि निर्देक घिमिरेकै गरिन ‘दपर्णछायाँ’ । जसमा उनले नायक दिलीम रायमाझी र उत्तम प्रधानसँग जोडी बाँधकी थिइन् ।
समय सधैँ एकनास कहाँ हुन्छ र समयको परिर्वतनसँगै नेपाली सिनेमामा नयाँ–नयाँ कलाकारको उदय हुँदै गए । जसको प्रत्यक्ष असर निरुताको करियर माथी पर्दै गयो, विस्तारै निरुता पलायन हुँदै गइन् ।
उनै निरुता छ वर्ष पछि नेपाल आइन ‘एनएफडीसी चलचित्र पुरस्कार’ समारोहमा । पानी परेको कारण उनले आफ्नो प्रस्तुती देखाउन पाइनन् । तर, आफ्ना समकक्षी र नयाँ पुस्ताका कलाकारसँग भने राम्रो साक्षतकार गर्न पाइन । धेरै वर्ष पछि सिनेमामाको कार्यक्रममा उनले आफ्नो उपस्थिती जनाइन् जसकारण निरुता एकदमै खुशी भएको बताउँछिन् ।
निरुतालाई सफल चलचित्रमा निर्माता तथा निर्देशक विकाश आचार्यले सरप्राइज दिए । ‘नाई नभन्नु ल ५’ मा गेष्ट रोल । निरुताले भनिन् विकाश दाईले सानो तर महत्पूर्ण रोल मलाई दिनुभयो । यो मेरो नेपाली चलचित्रमा कमव्याकको टेलर मात्रै हो चाँडै आफुलाई दर्शकले पूरै सिनेमामा हेर्न पाउँने बताइन् ।
त्यस्तै ‘नाई नभन्नु ल ५’ ले उनलाई अर्को सम्योग पनि जुराई दियो । ‘दपर्णछायाँ’ पश्चात उनले समकक्षी नायक तथा ‘दपर्णछायाँ’ जोडी दिलीप रायमाझीसँग उनले ११ वर्ष पछि एकसाथ काम गर्दैछिन् । जब निरुताले दिलिपलाई सुटिङ्ग सेटमा देख्नेछिन् । उनमा खुशी सिमानै रहेन र उनी एक्कासी रुन थालीन यो असल मित्रताको उदारहण हो । मैले उसलाई देखे पछि आफुलाई कन्ट्रोल नै गर्न सकिन निरुताले भनिन् । ‘नाई नभन्नु ल ५’ मा उनी बालकलाकार अनुभव रेग्मीको आमाको रुपमा देखिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया