उपप्रधान हटाएपछि गृहमन्त्री खाँड प्रधानमन्त्रीपछिको वरियतामा

लोकपथ
1.8k
Shares

काठमाडौं । शुक्रबार (आज) प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

उपप्रधानमन्त्री हटाएपछि गृहमन्त्री बालकृष्ण खाँण वर्तमान सरकारको दोस्रो वरियतामा परेका छन् ।

उपप्रधानमन्त्रीको विषयमा विवाद परेपछि प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्रीरहित मन्त्रिममण्डल बनाउने बताएका थिए । जसअनुसार प्रधानमन्त्री देउवापछि गृहमन्त्री खाँण दोस्रो वरियतामा रहेका छन् । त्यस्तै तेस्रो वरियतामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र चौँथो वरियतामा उर्जामन्त्री पम्फा भुसाल रहेकी छिन् ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवाले झण्डै तीन महिनापछि मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । देउवाको मन्त्रिमण्डलमा प्रधानमन्त्री र राज्यमन्त्रीसहित २५ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?