समयअगावै जन्मन थाले शिशु

काठमाडौँ, २४ असोज- पछिल्लो समय विभिन्न अस्पतालको तथ्यांक हेर्दा नौ महिना नपुग्दै बच्चा जन्मने दर बढेको पाइएको छ । थापाथलीस्थित प्रसूतिगृहमा मासिक करिब एक सय महिला सुत्केरी भएकामा १५ शिशु नौ महिनाअगावै जन्मिएको अस्पतालको तथ्यांक छ । यो तथ्यांक हरेक वर्ष बढै गएको प्रसूतिगृहका बालविशेषज्ञ डा. शैलेन्द्रवीर कर्माचार्यले बताए, कान्तिपुरमा खबर छ ।विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतया आमाको गर्भमा बसेको ३६ हप्तापछि बच्चा जन्मनु स्वाभाविक समय हो । तर, पछिल्लो समयमा यो ‘साइकल’ अगावै शिशु जन्मने गरेको राजधानीका अधिकांश सरकारी अस्पतालहरूको तथ्यांकले देखाएको छ ।महाराजगन्जस्थित शिक्षण अस्पताल (टिचिङ) को तथ्यांकअनुसार गत आर्थिक वर्षमा ४ हजार ३ सय ७४ महिला सुत्केरी भएका थिए । तीमध्ये ९५ शिशु नौ महिनाको ‘परिपक्व अवधि’ अगावै जन्मिएका थिए । पछिल्ला वर्षहरूको तथ्यांक तुलनामा समयअगावै शिशु जन्मने प्रवृत्ति बढिरहेको अस्पतालकी नर्सिङ निर्देशक कोपिला पालिखे श्रेष्ठले बताइन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?