कोरोना : थपिए ७ सय संक्रमित, १०३३ जना संक्रमणमुक्त (तथ्यांकसहित)

लोकपथ
133
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६ सय ८८ जनाको परीक्षण गर्दा ७१५ जनामा पीसीआर र ४९ जनामा एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ८ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार १ सय ७३ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार २ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप १० जनाको मृत्यु भएको हो ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संंख्या १५ हजार ६ सय १४ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?