पचनक्रियालाई बलियो बनाउने योग आसन

लोकपथ
3.5k
Shares

दसैँको एउटा पक्ष भनेको मिठा मिठा खानेकुरा खाने पनि हो । दसैँमा बन्ने खानेकुराहरू बालबालिकाले जति धक फुकाएर खान सक्छन् वयस्कहरूलाई त्यति धक फुकाएर खान नमिल्ने अवस्था पनि हुनसक्छ ।

सहरी खानपिन र अव्यवस्थित जीवनशैलीले गर्दा अहिले धेरैलाई पेट सम्बन्धी विभिन्न किसिमका समस्याहरू हुने गरेको छ । पेटका विभिन्न समस्याहरूमा खान मन लागेर पनि खान नसक्ने, खाएको खानेकुरा राम्ररी नपच्ने, पेटमा ग्याँस भरिने जस्ता किसिमका समस्याहरू धेरैलाई हुने गरेको देखिन्छ ।

दसैँको बेला यस्ता किसिमको समस्या देखा पर्‍यो भने धेरैलाई दसैँ खल्लो लाग्न सक्छ । दसैँलाई खानपिनकै कारण खल्लो नहोस् भनेर पतञ्जलि योग समिति नेपालका योग गुरु लोकनाथ खनालले खानलाई भोक जगाउने, खाएको खानेकुरा सजिलै पच्ने र पेटका विभिन्न किसिमका समस्याहरूलाई समाधान गर्ने सरल योग आसन लिएर आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?