काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको झण्डै तीन महिनापछि शुक्रबार देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार देउवाले मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् । विवाद भएपछि मन्त्रीमण्डल विस्तारका क्रममा देउवाले उपप्रधानमन्त्रीहरु हटाएका छन् भने प्रवक्ताको समेत जिम्मेवारी पाएका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भने जिम्मेवारी हेरफेर गरिएको छ ।
मन्त्री कार्कीलाई सञ्चार एवं सूचना प्रविधि मन्त्रीको जिम्मेवारी दिइएको हो । भने उनको ठाउँमा दिलेन्द्रप्रसाद बडुलाई जिम्मेवारी दिइएको छ ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो ।
नवनियुक्त मन्त्रीहरुको आजै सपथग्रहणको तयारी गरिएको छ ।
को को बने मन्त्री ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया