काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी मन्त्रीहरुको अन्तिम टुंगो लगाएको छ ।
सत्ता गठबन्धनको भागबन्डाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले थप ४ जना सांसदहरुलाई सरकारमा सामेल गर्दैछन् ।
जस अनुसार डा. मिनेन्द्र रिजाल (रक्षा), दिलेन्द्रप्रसाद बडु (कानून), उमा रेग्मी (महिला तथा बालबालिका) र उमाकान्त चौधरीलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
त्यसैगरी यसअघि कानुनमन्त्रीको जिम्मेवारी पाएका ज्ञानेन्द्र बहादुर कार्कीको भने जिम्मेवारी फेरिने भएको छ । प्रवक्ताको समेत जिम्मेवारीमा रहेका कार्कीलाई भने सञ्चार एवं सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ ।
अन्य दलहरुले समेत मन्त्री हुनेहरुको नामावली सरकारलाई बुझाइसकेकाले आजै मन्त्रिमण्डलले पूर्णता पाउने स्रोतको दाबी रहेको छ । भने नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथग्रहण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया