जसपाबाट को-को बन्दैछन् मन्त्री ? अध्यक्ष यादवले बुझाए नाम

लोकपथ
182
Shares
Upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सामेल हुनेहरुको नाम बुझाएको छ ।

शुक्रबार (आज) पार्टी अध्यक्ष उपेन्द्र यादवसहितको टोलीले प्रधानमन्त्रीलाई ४ मन्त्रीहरुको नाम बुझाएको हो ।

जसपाबाट मन्त्री हुनेहरुमा राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साह रहेका छन् ।

जसअनुसार श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने एक नेताले जानकारी दिए ।

लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाको चौतर्फी आलोचना भइरहेको छ । त्यसैअनुसार देउवाले आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताइएको छ । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म कांग्रेसबाट एक राज्यमन्त्रीसहित ३ जना, माओवादी केन्द्रबाट २ जना मन्त्री भएका छन् । भने बाँकी रहेको मन्त्रालय आफैँसँग राखेका छन् । यसैबीच सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि मन्त्री हुनेहरुको नाम टुंग्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?