अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ ।

संखुवासभा खाँदबारी– ९ स्थित तुम्लिङटारमा रहेको तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा आयोजनाको शिलान्यास गर्ने तयारी भइरहेको थियो । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार गएराति करिब १२ः१५ बजे अज्ञात समूहलले आयोजनाको कार्यालयमा बम विस्फोट गराएको बताए । विस्फोटबाट कार्यालयको दक्षिणतर्फको पर्खालमा सामान्य क्षति भएको प्रहरी इन्स्पेक्टर वेदप्रसाल गौतमले जानकारी दिए ।   

विस्फोट किन र कसले गरायो भन्नेबारे केही खुलेको छैन । विस्फोटलगत्तै आयोजनामा सुरक्षा व्यवस्था कडा पारिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?