एस र नेकपा (एकीकृत)बीच एकताको तयारी, चुनाव चिह्न परिवर्तन गरी आयोग जाने

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले निर्वाचन चिह्न परिवर्तन गर्ने भएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले निर्वाचन चिह्न परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ‘किताब’ निर्वाचन चिह्न रहेकोमा अब ‘कलम’ राख्न लागिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)सँग एकीकरण गरी ‘कलम’ चुृनाव चिह्न राख्न राखिएको हो ।

जीवन राई नेतृत्वको नेकपा (एकीकृत) को गत जेठ ३० गते नै निर्वाचन आयोगले पार्टीको प्रमाणपत्र प्रदान गरिसकेको छ । तर राईलाई एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनाउँदै पार्टी एकीकरण गर्ने तयारी भइरहेको एक नेताले बताए ।

ती नेताका अनुसार आज नभ्याइएमा आइतबारसम्म निर्वाचन आयोग जाने तयारी रहेको छ । निर्वाचन आयोग जानुअघि दुवै पार्टीका तर्फबाट संयुक्त विज्ञप्ति निकाल्ने तयारी रहेको छ ।

नेकपा एमालेबाट छुट्टिएको एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट आधिकारिकता पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?