बाजुरा कांग्रेस सभापतिमा रावल निर्वाचित

लोकपथ
156
Shares

बाजुरा । बाजुरा कांग्रेस सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन् ।

रावल पार्टी सभापति शेरबहादुर देउवा पक्षिय सभापति उम्मेदवार कविराज पण्डितलाई ३९ मत अन्तरले पराजित गरी निर्वाचित भएका हुन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् । रावलले ६०५ मत पाएका छन् भने पण्डितले ५६६ मत पाएका छन् ।

बुधवार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसक्दा बिहीवार पुनः मतदान भएको थियो । बुधवारको मतदानमा तेस्रो मत ल्याएका देउवा पक्षिय मानिएका चक्रबहादुर शाहले समर्थन गरेपछि रावलको जीत सहज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?