एकीकृत समाजवादीले टुंगो लगायो मन्त्री, झाँक्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

लोकपथ
875
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले पाएको चारवटा मन्त्रालयमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाएर पठाउने भएको हो । त्यस्तै भवानी खापुङलाई राज्यमन्त्री बनाउन लागिएको एक नेताले बताए ।

खतिवडालाई सहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई पर्यटन र श्रेष्ठलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । राज्यमन्त्री खापुङको भने मन्त्रालय टुंगिन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?