आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

सरकार गठनको ३ महिना पुग्नलाग्दा समेत सरकार बिस्तार गर्न नसकेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री देउवाले गठबन्धन नेताहरुलाई समेटेर मन्त्रिपरिषद् बिस्तार गर्न लागेका हुन् ।

हालसम्म देउवाले पाँच मन्त्री र एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । बिहीवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाको टुंगो लागेको हो । जसअनुसार नेपाली कांग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिएर सरकारमा जाने भएका छन् ।

आजै साँझसम्म मन्त्रीहरुलाई सपथ गराउने तयारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?