यी तीन विवादमा अल्झियो कांग्रेस, देउवा जंगिए

काठमाडौँ- चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठक मुख्यतः तीन विवादमा फसेको छ । पदाधिकारीसहित सबै केन्द्रीय सदस्य बोलिसकेपछि बैठकको निर्णय सार्वजनिक गर्न दुई दिनदेखि कसरत भए पनि कांग्रेस असफल भएको हो । विवादकै कारण शनिबार औपचारिक बैठक बसेन । नेताहरू अनौपचारिक छलफलमा भने जुटे, नयाँ पत्रिकामा खबर छ ।

शनिबार बिहान ९ बजेका लागि बैठक डाकिएको थियो, तर ११ बजेसम्म पनि सबै सदस्य उपस्थित भएनन् । १२ बजेपछि केन्द्रीय कार्यालय सानेपामै भएको मुस्लिम संघको महाधिवेशनमा नेताहरू अल्झिए ।

त्यहाँ दुई घन्टा सहभागी भए । तर, त्यसपछि पनि केन्द्रीय समिति बैठक बस्न सकेन । बैठकको निर्णय कसरी लेख्ने भन्नेमै संस्थापन पक्ष र रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षबीच विवाद छ ।

अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी बसेका थिए ।

तर, तीन घन्टामा पनि उनीहरू सहमतिमा पुगेनन् । नेताहरू आइतबार बिहान ९ बजे बैठक बस्ने गरी उठे।

मुख्य ३ विवाद

विवाद १ : महासमिति बैठक र जिल्ला सभापति भेलाको मिति

 

विवाद २ : हारको जिम्मा कसले लिने ?

 

विवाद ३ : विधानविपरीतका समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?