चल्ला त नागढुंगा–धुलिखेल मेट्रो रेल ?

काठमाडौँ, १६ बैशाख- सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाव्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो, आजको नयाँ पत्रिकामा खबर छ  ।

बैठकले सम्भाव्यता अध्ययनको आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

आशयपत्रको दस्ताबेज स्वीकृत भएकाले कार्यालयले अब तत्कालै आयशपत्र माग गर्नेछ । यसअघि २७ कात्तिक ०७४ मा बसेको बोर्ड बैठकले पनि यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णय गरेको थियो ।

काठमाडौं मेट्रो रेलको रुट नं २ अन्तर्गत बन्ने यो परियोजना ५४ किलोमिटर लम्बाइको हुने अनुमान छ । त्यस्तै, बोर्ड बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय–सीमासमेत थपेको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनीलाई आगामी १२ असोज, ०७५ सम्ममा लगानी जुटाउने समय दिइएको हो ।

बैठकले सरकारी स्रोतबाटै सिसा उद्योग, से–फोक्सुन्डो लक्जरी रिसोर्ट, एकीकृत कृषि परियोजना, स्की रिसोर्ट र स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?