राप्रपा अधिवेशन : बैतडीको अध्यक्षमा भट्ट

लोकपथ
42
Shares

बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा आज सम्पन्न अधिवेशनबाट इन्द्रदेवशरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

पैँसठ्ठी सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको राप्रपाले जनाएको छ । जिल्ला कार्यसमितिका अन्य पद भने पछि तोकिने.छन् । राप्रपा बैतडीको प्रदेश ‘क’ को अध्यक्षमा रणबहादुर विष्ट र ‘ख’ को अध्यक्षमा अशोकबहादुर साउद चयन भएका छन् । यसैगरी बैतडीका १० स्थानीय तहमा पनि राप्रपाले सङ्गठन विस्तार गरेको जनाएको छ ।

यस्तै राप्रपा विद्यार्थी सङ्गठन पनि गठन गरिएको छ । रोहित चन्दको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठन पनि गठन गरिएको छ । प्रकाशचन्द्र भट्टको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्गठनलाई बलियो बनाउन आफूले सङ्गठन विस्तारमा जोड दिने बताए । अधिवेशनमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष गणेशबहादुर चन्द, पूर्वमन्त्री एवं राप्रपाका नेता जयन्तबहादुर चन्द, उच्चस्तरीय केन्द्रीय सम्पादन समिति सदस्य गणेशबहादुर विष्ट, राप्रपा केन्द्रीय सदस्य हेमबाबु लेखकलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?