२२ जेष्ठ २०८०, सोमवार

को हुन् हत्या गरिएका शरदकुमार गौचन ?

२०७४,आश्विन,२४,मंगलवार ०१:४१

0
Shares

काठमाडौँ, २४ असोज- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंमा गोली हानी हत्या गरिएको छ । नयाँबानेश्वरको शान्तिनगर क्षेत्रनजिक रहेको खरिबोटमा अपराह्न २ बजेर ५५ मिनेट जाँदा उनीमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।डाँफे कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसमेत रहेका गौचनलाई घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।निर्माण व्यवसायी संघ कास्की जिल्ला संघका संस्थापक अध्यक्षसमेत रहेका व्यवसायी गौचन एसिया तथा पश्चिम प्यासिफिक एसोसिएनको ४३औं सम्मेलनबाट चार महिनाअघि मात्र उपाध्यक्षमा निर्वाचित भएका थिए ।दक्षिण कोरियाको राजधानी सोलमा भएको ४३औं बैठकले गौचनलाई इफाप्काको उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो ।२०३९ सालदेखि निरन्तर निर्माण व्यवसायमा संलग्न गौचनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट प्राविधिक शिक्षा हासिल गरेका थिए ।त्यसपछि २०४० सालमा डाँफे कन्स्ट्रक्सन कम्पनीको नाममा निर्माण व्यवसाय सुरु गरेका गौचनले महासंघमा लगातार तीन कार्यकाल सचिव र एक कार्यकाल महासचिवको कार्यभार सम्हालेका थिए । त्यपसपछि उनी अध्यक्ष भएका थिए । मृतक गौचनका दुई छोरी, एक छोरा, श्रीमती र आमा रहेको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०१:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१