सुदूरपश्चिम प्रदेशमा थप ११ कोरोना संक्रमित थपिए

लोकपथ
65
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ३५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नौमा एआरटी पीसीआर र दुईमा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र जिल्ला अस्पताल बैतडीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कैलालीका दुई जनामा संक्रमण देखिएको हो ।

गएको २४ घण्टामा प्रदेशभर १५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २३ जनामा सङ्क्रमणको पुष्टि हुँदा २५ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?