‘अब एउटा नयाँ इतिहास सुरु हुन गइरहेको छ, शान्तिको युग !’ संसारकै सबैभन्दा ‘खतरनाक बोर्ड’ मा शुक्रबार बिहान फरक दृश्य देखिँदै थियो । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले किम जोङ उनको अनुरोध स्विकारे र उत्तर कोरियाको सिमानामा प्रवेश गरे र फेरि किमको हात समातेर दक्षिण कोरियातिर आए ।
हाँसिरहेका किम जोङ उनको न्यानो स्वागत गरिरहेका मुनले सुखद भविष्यतर्फ अघि बढ्ने चाहना व्यक्त गरेपछि दुवै देशका लाखौँ जनताको उत्सुकता र आशा थप वृद्धि भयो । यसको कारण पनि छ । उत्तर कोरियाका कुनै नेतालाई ‘बोर्डर लाइन’ पार गर्नमा ६५ वर्ष लाग्यो । र, यस्तो शिखर वार्ताका लागि दुवै देशले ११ वर्ष लामो प्रतीक्षा गर्नुप-यो ।
भेटको अवसरमा किम जोङ उनले भने— हामी सोचेकोस्तरमा निकट आउन सक्यौँ भने ११ वर्षमा भएका नोक्सानीको क्षतिपूर्ति हुन सक्छ । अपेक्षाको स्तरमा सम्भावित भर्पाईको दायरा निकै ठूलो छ । जुन इतिहासको बारम्बार कुरा गरिन्छ, त्यसको एउटा छेउले दुवै देशलाई साथमा ल्याएर उभ्याइदिन्छ । तर, यो प्रश्न पनि उठी नै रहन्छ कि के उत्तर र दक्षिण कोरिया कुनै समयमा एक हुन सक्छन् ?
ठीक त्यसैगरी जसरी १९९० मा पूर्वी र पश्चिमी जर्मनीले बर्लिनको पर्खाल तोडेका थिए । दोस्रो विश्वयुद्धपछि दुई देशमा बाँडिएको जर्मनी एक भएको थियो । जर्मनीझैँ कोरियाली प्रायद्वीप पनि कुनै समय एउटै थियो । १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको शासन थियो । दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणपछि सोभियत सेनाले उत्तरी भाग र अमेरिकाले दक्षिणी भागमा अधिकार जमाए ।
१९४८ मा दुवै भागले रिपब्लिक भएको घोषणा गरे । तर, दुवैबीच विरोधाभास कायम रह्यो र १९५० मा दुवैबीच युद्ध सुरु भयो । १९५३ मा यो युद्ध समाप्त त भयो, तर शत्रुता भने कायमै रह्यो । दुई राष्ट्रबीच कहिल्यै कुनै सन्धि भएन ।
बदलिँदो घटनाक्रममाथि ध्यान केन्द्रित गरिरहेका विश्लेषकहरूको दाबी छ कि तत्कालका लागि दुवै देश एक हुनेबारे सोचिरहेकासम्म छैनन् । दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका प्रा.डा. स्वर्ण सिंह भन्छन्– दुवै देश एक हुने अपेक्षा कुनै गलत कुरा होइन । तर, यस समय जुन शिखर वार्ता सम्पन्न भएको छ, यसको उद्देश्य उत्तर कोरियाको आणविक मिसाइल कार्यक्रम रोक्नु नै हो । भेटवार्तामा दुई देशको एकीकरणबारे कुरा उठ्ला जस्तो मलाई लाग्दैन ।
भाषा, संस्कृति र इतिहासमा साझेदारी हुँदाहुँदै पनि दुवै देशका लागि बोर्डर लाइन मेटाउन सजिलो छैन । नीतिन श्रीवास्तव एकीकरणको सम्भावनाको मार्गमा व्यावहारिक कठिनाइको चर्चा गर्दै भन्छन्– विगत २५ वर्षमा दक्षिण र उत्तर कोरियबीच आर्थिक खाडल निकै फराकिलो भएको छ । दक्षिण कोरिया आर्थिक र प्राविधिक रूपमा निकै उन्नत देश बनेको छ । उत्तर कोरिया आज पनि पुराना फ्याक्ट्रीवाला मोडलमा काम गरिरहेको छ । दक्षिण कोरियाको नयाँ पिँढी उत्तर कोरियाली स्टाइलसित आफूलाई जोड्न सक्नेछैनन् । र, उनीहरूलाई लाग्छ कि कुनै समयमा एकीकरण भयो भने आफूहरूलाई १० देखि २० वर्ष पछि धकेल्ने बोझ बन्नेछ ।
डा. सिंह सम्झन्छन् कि जर्मनी एक हुनुअघि वहाँ पनि यस्तै अनेक प्रश्न थिए । उनी भन्छन्— पश्चिम जर्मनीमा अनेक आशंका थिए । एकीकरणबाट फाइदा होइन, उल्टै घाटा हुनेछ किनकि, पूर्वी जर्मनी विकसित थिएन । यस प्रकारको सोच दक्षिण कोरियामा पनि हुन सक्छ । कि उनीहरूलाई फाइदा हुनेछैन । उत्तर कोरिया विकास, निर्माण र आर्थिक समृद्धिमा निकै पछि छ ।
बिबिसी हिन्दीको सामग्री नयाँ पत्रिकाबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया