कसरी हुन्छ नयाँ नोट झुत्रा र मैला ?

लोकपथ
897
Shares

काठमाडौं।  नोटलाई जतनसाथ नचलाउँदा च्यातिने, मैलो हुने, भिज्ने,नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि बिग्रिएर नचिनिने हुन्छ ।

नोटमा लेख्ने, केरमेट गर्ने, जथाभावी दोबार्ने, नोटको प्याकेटमा स्टिच लगाउने गर्दा नोट फोहोर हुने तथा च्यातिने प्रबल सम्भावना हुन्छ । यसो गर्दा नयाँ र सफा नोट फोहोर र झुत्रा हुन्छन् । नयाँ नोट जतनसाथ नचलाउँदा यसरी फोर र झुत्रा हुने गर्छन । केही वर्षअघि मात्रै बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोटका प्याकेट(बन्डल)मा स्टिज लगाउने गर्थे ।

जसले गर्दा पैसा च्यातिने र चाँडै बिग्रने हुन्छ । त्यस्तै,दैनिक उपभोग्यका सामान किन्दा पैसा मैलो,झुत्रो हुने तथा विग्रने हुन्छ । त्यस्तै,चाडवाडमा टिका छर्किने,पूजा गर्ने,पानीमा भिजाउने गर्दा  नोट झुत्रो हुने हुन्छ ।

यस्तो छ  नीतिगत व्यवस्था

राष्ट्र बैंकले २०७१ जेठ २३ गते जारी गरेको परिपत्रले नोटमा एउटा मात्र स्टिच गर्न पाउने निर्देशन दिएको थियो । त्यसले पनि नोटलाई क्षति पुगेपछि २०७३ वैशाख १२ गते राष्ट्र बैंकले अर्को परिपत्र जारी गर्दै नोटमा स्टिच नगर्न निर्देशन दियो । त्यस्तै,राष्ट्र बैंकले २०७७ साल जेठमा पनि परीपत्र जारी गर्दै नोटमा जथाभावी केरमेट नगर्न आग्रह गरेको थियो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो संस्थामा प्राप्त हुने नोटहरूलाई चलनचल्तीमा पठाउन योग्य,अयोग्य छुट्ट्याउनुपर्ने तथा योग्य नोटको प्याकेटमा अनिवार्य रूपमा बैंकको नाम, नोट गन्ती गर्ने कर्मचारीको नाम, सही र छापसहित सेतो रङको स्लिप मात्र प्रयोग गर्नुपर्ने र अयोग्य नोटको प्याकेटमा पनि सोही बेहोरा उल्लेख गरी रातो रङको स्लिप प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

५ खर्ब भन्दा बढी जले मैला र झुत्रा नोट 

चल्तीचलनमा रहेका पुराना नोट र झुत्रा नोट नेपाल राष्ट्र बैंकले जलाएर नष्ट गर्दै आएको छ । राष्ट्र बैंकले चलनचल्तीमा ल्याउन नमिल्ने मैला, थोत्रो, च्यातिएका तथा झुत्रा नोटहरु नष्ट गर्दै आएको हो । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले यस्ता प्रयोग गर्न नमिल्ने नोटहरु हरेक वर्ष नष्ट गर्दै आएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ खर्ब ६० अर्ब रुपैँया पुराना तथा झुत्रा नोट जलाइसकेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपाललेले हरेक वर्ष ४३ अर्बका दरले पुराना तथा झुत्रा नोट जलाउने गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?