काठमाडौं । नेपाली कांग्रेसले बडा दशैँको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष पनि नगर्ने भएको छ ।
कोरोना महामारी जोखिमका कारण चियापान स्थगित गर्नुपरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना महामारीका कारण कांग्रेसले गत वर्ष पनि चियापान समारोह स्थगित गरेको थियो ।
‘सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात् महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन,विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले विक्रम सम्वत २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गर्दै आएको छ ।
कांग्रेसले महान चाडपर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कता अपनाउन पनि सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया