मन्त्रिपरिषद् विस्तारमा सत्ता गठबन्धनको अलमले चाल, आज पनि जुटेन सहमति

लोकपथ
119
Shares
file photo

काठमाडौं । लामो समयदेखि मन्त्रिपरिषद् विस्तारमा किचलो देखिएको सत्तारुढ गठबन्धनले आज पनि सहमती जुटाउन सकेन ।

मन्त्रिमण्डल विस्तारलाई अन्तिम रुप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर आज पनि मन्त्रालयको भागबण्डामा कुरा नमिल्ला मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

यसअघि नै नेपाली कांग्रेस ८ मन्त्रालय, माओवादी केन्द्र ५, एकीकृत समाजवादी र जनता समाजवादीलाई ४(४ मन्त्रालय दिनेगरी सहमती भएको छ । तर दलहरुबीच सो सहमती कार्यान्वयनमा एकमत नहुँदा मन्त्रिपरिषद् विस्तारमा निरन्तर अवरोध हुँदै आएको हो । यसैबीच आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठकबाट बाहिरिएका थिए ।

त्यस्तै शुक्रबार (आज) लाई मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले अझैपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै चर्को आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?