रुकुम – गत बैसाख १० गते उदघाटन गरिएको पाँच दिने गुरुयोजनाको हिजो बैसाख १४ गते समापन गरियो । लगातार पाँच दिनमासम्म चलेको उक्त बैठकले पुथा गाउँपालिकाका दूरगामी महत्वका योजनाहरुको तर्जुमा गरेको छ ।
१० बैसाखमा शुरु भएको गुरुयोजनाको उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमला रोका , पूर्व मन्त्री गणेशमान पुन , प्रदेश सभा सदस्य तेज बहादुर ओली , पुिर्व सहायक मन्त्री केसरमान रोका , प्रजिअ भुपेन्द्र सापकोटा , डिएसपी प्रवीणलाल श्रेष्ठ , जिसस उपप्रमुख भिम कुमारी पुन , सप्र बल नितिक्षक ईश्वरी बहादुर पुन , जिसस महेन्द्र मल्ल , गुरु योजना निर्माण टोली संयोजक सोमत घिमिरे , गुरुयोजना निर्माण टोली सदस्य नारायण गिरी , टोप बहादुर ओली एमाले नेता , सतमान पुन रुकुम पूर्व संयोजक एमाले , ध्रुब पुन काँग्रेस , होम प्रकाश श्रेष्ठ , पुनीराज घर्ती पार्टी गापा अध्यक्ष माओबादी आदि , कार्यपालिका तथा अन्य बुद्धिजीवी लगायतको उपस्थिति थियो ।
विभिन्न शिर्षकमा पाँच दिन लगाएर छलफल गरे पश्चात गुरुयोजना तर्जुमा भएको छ । वडा स्तरीय र समूह बनाएर विभिन्न महत्वपूर्ण बिषयबस्तुमा व्यापक छलफल भएको थियो ।
हिजो १४ बैसाखमा कार्यक्रम समापन गरियो । प्रतिनिधि सभा सदस्य कमला रोका , जिसस उपप्रमुख भिम कुमारी पुन , जिसस महेन्द्र मल्ल , गुरु योजना निर्माण टोली संयोजक सोमत घिमिरे , सतमान पुन रुकुम पूर्व संयोजक एमाले , प्रकाश श्रेष्ठ , पुनीराज घर्ती पार्टी गापा अध्यक्ष , कार्यपालिका सदस्य जीतराम कामी , महिला आशा पुन , वाईसिएल जिल्ला संयोजक टीकाशाई घर्ती , वडा अध्यक्ष सुर बहादुर रोका र ज्योतिमान गुरुङले समापन समारोहलाई सम्बोधन गरेका थिए । शुरु देखि समापनसम्म सँगै बसेका प्रमुख अतिथि कमला रोका पनि उत्साहित थिईन् । गुरुयोजनाको समापनलाई सम्बोधन गर्दै उनले भनिन् – " जनयुद्धको उद्गम थलो यो ठाउँमा संबिधानले निर्माण गरेको निर्देशानुसार के गर्दा , कसो गर्दा यो पालिकालाई , जनतालाई विकासको अग्रगतिमा लान सकिन्छ भन्ने कुराले नै यो गुरुयोजनाको तर्जुमा गरिएको हो । यसले यहाँको बस्तुस्थितिमा आफ्नै खालको विकास निर्माण गर्नेछ । हामी सबै आफ्नै भूगोल सुहाउँदो , माटो सुहाउँदो काम गर्न सक्षम हुनेछाैँ । यो गुरुयोजनाले कृषि , शिक्षा , स्वास्थ्य पर्यटन , संचार , यातायात तथा अन्य यावत कुरामा निकै फड्को मार्न सक्नेछाैँ ।
जनताले पटक पटक उठाउँदै आएको कुरा , हामीले उत्पादन गरेको बस्तुको बजारिकरण भएन । हामीले श्रमको मूल्य पाएनौं भन्ने जुन खालको कुराले हामीहरुको ध्यानाकर्षण गर्थ्यो । अब यो गुरुयोजनाले ती समस्याको पनि निकासको बाटो खोलेको छ । अब यो गाउँपालिकाका जनतामा गाउँपालिका , कार्यपालिका र वडापालिकाले के गर्दैछ भन्नु भन्दा हामीले के गर्नु पर्छ ? हाम्रो दायित्व के हो भन्ने गम्भीरताबोध सबैमा हुनु पर्छ । यो गाउँपालिकालाई समृद्धि र विकासको पहुँचमा पुर्याउने अभिभारा तपाईं हामी सबैको भूमिकाको उत्तिकै महत्व र जिम्मेवारी छ ।
अबका दिनमा हामी जागरुक हुनु छ । सिर्जनात्मक हुनु छ । प्रतिवद्ध हुनु छ । अनि यो पालिकामा स्वाभाविक रूपमा विकासले फड्को मार्ने छ । यो गुरुयोजनाले हामीलाई नयाँ दंगमा सोँच्न सिकाएको छ । नयाँ तरिकाले कार्यसम्पादन गर्न सिकाएको छ । हामीले यो गुरुयोजनाको मूल्य र मान्यताको खुबै ख्याल राख्नु पर्नेछ । यदि हामीले सहि दंगमा कार्यान्वयन गर्यौं भने विकास र समृद्धि टाढाको कुरा पनि हैन । "
जिसस उपप्रमुख भिम कुमारी पुनले समापन समारोहलाई सम्बोधन गर्दै भनिन् – " गुरुयोजना निर्माण भएको छ । यसको उचित रूपमा कार्यसम्पादन हुनेछ । यो गुरुयोजनामा प्रतिनिधि सभा , पर्देश सभा , गाउँपालिका र वडा पालिका सबैले बीस बर्षमा विकासको चरम बिन्दुमा पुग्नेछ । "
गुरुयोजनामा अन्तिम घडिसम्म तर्जुमा गर्न बसेका सतमान पुनले भने – " इतिहासमा हामी सबैले एउटा नाम लेखाएका छाैँ । स्थानीय सरकारको रोहबरमा हामीले गुरुयोजना आयोजना गरेको छ । स्थानीय ग्रामीण स्तरबाट नै विकासको फड्को मार्न यो गुरुयोजनाले महत्वपूर्ण टेवा पुर्याउने छ । सामाजिक सद्भाव भत्किनु हुँदैन । विकास जहाँ भए नि कसैले दुखेसो नगराैँ । बरु विकास सहि ठाउँमा हुनु पर्छ । सहि रूपमा हुनु पर्छ । "
माओबादी नेता होम प्रकाश श्रेष्ठले गुरुयोजना बनाएर आगामी दिनमा विकास र समृद्धिमा जान सजिलो भएको बताए । बल्ल जनताले आफ्नो योजना आफैले गर्न पाएको बताए । यस्तै अर्का नेता पुनीराज घर्तीले गुरुयोजना विकासको आधारस्तम्भ रहेको बताएका छन् । यो एउटा गाईडलाईनलाई मध्येनजर गरेर नै विकासको योजना तर्जुमा गरिने बताए ।
यस्तै उक्त समापन समारोहमा संघीय समाजबादीका नेता सुरेन्द्र पुन , वाईसिएल जिल्ला संयोजक टीकाशाई घर्ती मगर , महिला नेतृ आशा पुन , अध्यक्ष द्वय सुर बहादुर रोका , ज्योतिमान गुरुङ , कार्यपालिका सदस्य जीतराम कामी लगाएतले गुरुयोजना निकै दूरगामी महत्वको रहेको बताएका छन् ।
योजनाको पहिलो मस्यौदा तयार भएर अध्ययनको लागि तयार भएको र आगामी एक महिनाभित्र त्यसको परिमार्जित गरेर र शुद्धाशुद्धी सच्याएर फाइनल गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया