काठमाडौं । नेपालमा कोरोना संक्रमणदरमा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।
देशभर १० हजार ६ सय ७२ जनाको परीक्षण गर्दा ६६७ जनाको पीसीआर र १३८ जनामा एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टमा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप ८ जनाको मृत्यु भएको हो ।
देशभरबाट थप ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९३ हजार १ सय ४० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया