सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिए माधव नेपाल

लोकपथ
2.2k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकबाट एकीकृत समाजवादी पार्टीका का अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।

मन्त्रिपरिषद्को अन्तिम टुंगो लगाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आफ्ना कुराहरु राखेर नेपाल बाहिरिएका हुन् ।
बिहीबार (आज) दिउँसोबाट बसिरहेको बैठकमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आ-आफ्ना धारणाहरु राखिरहेका छन् ।

मन्त्रिमण्डल विस्तारका लागि यस अघि पनि पटक(पटक बैठक बसे पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । यसैबीच अध्यक्ष नेपाल मन्त्रिमण्डल विस्तारका विषयमा असन्तुष्ट देखिएका छन् । यद्यपी नेपालले नेतृत्व गरिरहेको दल एकीकृत समाजवादीले भने मन्त्री बन्नेहरुको नाम टुंग्याइसकेको छ ।

सरकारमा जानेहरुको भागबन्डामा नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादीको भागमा चारचार वटा मन्त्रालय पाउने गरी सहमती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?