काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पौडेललाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।
पौडेल निकट स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि थप जटिल नहोस् भन्नका लागि अस्पतालमा राखिएको स्रोतले बताएको छ । पार्टीको कार्यक्रममा उपस्थित हुन देशका विभिन्न ठाउँहरुमा पुग्ने क्रममा नेता पौडेलमा कोरोना संक्रमण देखिएको हुनसक्ने बताइएको छ ।
‘स्वास्थ्य अवस्था सामान्य रहेको छ । अवस्था थप जटिल नहोस् भन्नका लागि अस्पतालमा आराम गरिरहनुभएको छ ।’ पौडेल निकट स्रोतले भन्यो ।
यसैबीच कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री खड्काको दोस्रो पटकको परीक्षणमा समेत कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भइ उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया