कानूनको खिलापमा जाने आफन्त नै भएपनि छाड्दिनः एसएसपी पोखरेल

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले प्रहरी सधै पहुँचहीन जनताको पक्षमा उभिने बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वुले शनिवार आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै एसएसपी पोखरेलले कानुुनको खिलापमा जाने चिनजानको त के आफन्त नै भएपनि नछोड्ने बताए ।
हरेक बस्तीबस्तीमा राज्यको पहिलो उपस्थिती प्रहरीले देखाउने उल्लेख गर्दै पोखरेलले भने भने, प्रहरी सँधै  पहुँचहीन जनताको पक्षमा उभिन्छ । म जनताको सुपाडीपनि खान्न र कोही कसैले जनताको सेवा गरेबापत अतिरिक्त लाभ खोज्छ भने त्यहाँ निर्दयीपूर्वक उभिनेछु ।’
पोखरेलले नागरिकसँगको सहकार्य र सहयोग विना अपराध न्यूूनीकारणमा अपेक्षित सफलता हासिल गर्न नसकिने उल्लेख गर्दै कहीँ कतै अपराध र गैरकानुुनी काम छ भने प्रहरीलाई खबर गरिदिनसमेत आह्वान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?