गगन अयडी
धनगढी – कृष्णपुर नगरपालिकाल–१ की किथ्थी लुहार गत मंसिरमा खुशी हुँदै सामुदायिक स्वास्थ्य ईकाई निगालीमा पुगिन् | तर, उनको त्यो खुशी क्षणभरमै हरायो । देश संघिय संरचनामा जानु अघि बैंकमा मार्फत सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी किथ्थीको स्थानीय जनप्रतिनिधीहरुले घरमै पुराउन लागेको थियो । भत्ता बुझ्न पुगेकी उनले आफनो नाम नदेखेपछि निराश भईन् ।
नगरपालिकाले वितरण गर्न लागेको सामाजिक सुरक्षा भत्ताको पहिलो किस्तामा उनको नाम नपरेपछि दोस्रो किस्तामा पाईहाल्ने आशले उनी घर फर्किन । यहि चैत ३० गते वडा कार्यालयले घर–टोलमै पुगेर सो भत्ताको दोस्रो किस्ता वितरण गर्न लाग्यो । पुनः किथ्थी रित्तै हात फर्कनु पर्यो । सो वडामा ५ सय ७० जनाले सो भत्ता बैंकमार्फत बुझ्दै आएकोमा उनी सहित छ जना दुई किस्ताबाट वञ्चित हुनुपर्यो ।
उनी भत्ता पाउनबाट वञ्चित भएपछि आफनै वडा अध्यक्षप्रति रुष्ट भईन् । उनले भनिन् ‘वडा अध्यक्षलाई भोट नदिएको कारण मैले सामाजिक सुरक्षा भत्ता पाईन् ।’ उनले बैंकमार्फत सो भत्ता बुझ्दै आएको स्मरण गर्दै भनिन् ‘अहिले जनप्रतिनिधीले घरमै पुगाउन लाग्दा कसरी मेरा नाम हरायो ?’
सो वडाका वडा अध्यक्ष मोहनराज बस्नेतले कृष्णपुर नगरपालिकाको वडा नम्बर १ मा मात्र नभई अधिकांस वडाको समस्या त्यही रहेको बताए । ‘मंसिर र पुसमा घरमै पुगेर भत्ता वितरण गर्दा वडाका छ जनाको नाम छुट्न गएको पाए’ वडा अध्यक्ष बस्नेतले भने ‘फागुनमा वडामा छुट्न गएको नामावली नगरपालिकाको कार्यालयमा बुझाएका थियो । चैत महिनामा त उनीहरुले पाउलान भन्ने आश गरेको थिए तर, पुनः त्यस्तै भयो ।’ उनले नगरपालिकाको सामाजिक सुरक्षा भत्ता ईकाईको प्राविधिक त्रृटीका कारण आफनो वदनाम भईरहेको बताए ।
‘गल्ती गर्ने नगरपालिका, दोष लिनुपर्ने मैले ?’ अध्यक्ष बस्नेतले भने ‘नाम छुटेको छ समावेश गरिदिनुपर्यो भन्दा पनि पुनः दोस्रो पटक त्यही गल्ती दोहोरियो ।’ उनले आफुले नगरपालिकामा सम्पर्क गर्दा प्राविधिक कारणले छुट्न गएको प्रतिक्रिया पाउने गरेको बताए । वडा अध्यक्ष बस्नेतले भने ‘यहि विषयलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मेरो बदनाम भईरहेको छ ।’
नगरपालिकाका सामाजिक ईकाईका प्रेम विष्टले अहिलेको नया संरचनाले केही समस्या देखिएको बताए । उनले नगरपालिकाका वडाहरुमा छुट्न गएको नामहरुको विवरण पठाउन आग्रह गरेको र अहिले पनि सबै ठाउबाट विवरण आउन नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया