सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, मन्त्रिपरिषद्लाई अन्तिम रुप दिने तयारी

लोकपथ
91
Shares

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटार छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिए ।

बैठकले भागवण्डाअनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४/४ मन्त्रालय लिने सहमतिलाई अतिम रुप दिनेछ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक राज्यमन्त्री पनि पाउनेछ ।

माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने प्रतिवद्धता जनाइसकेको छ । ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?