मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि गठबन्धनका शीर्ष नेताहरुको बैठक

लोकपथ
77
Shares

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुले बैठक बस्ने भएका छन् । गठबन्धनले मन्त्रीपरिषद् विस्तारलाई अन्तिम रुप दिनुपूर्व शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेका हुन् ।

बैठकले भागवण्डाअनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४/४ मन्त्रालय लिने सहमतिलाई अतिम रुप दिनेछ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक राज्यमन्त्री पनि पाउनेछ ।

माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?