काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितका नेताहरु भारत प्रस्थान गरेका छन् ।
भारतीय जनता पार्टीको विशेष निमन्त्रणामा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार दिउँसो भारत प्रस्थान गरेको हो ।
भारत भ्रमणको टोलीमा सहमहामन्त्री महतसहित नेताहरु उदय शमशेर जबरा र अजय चौरसिया रहेका छन् ।

आज नै कांग्रेसको टोलीले सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डासँग भेट गर्नेछन् ।
छिमेकी राष्ट्र र दुवै देशका सत्तारुढ दलको सम्बन्ध सुधारका लागि भन्दै नेताहरु दिल्ली प्रस्थान गरेको नेताहरुले बताएका छन् ।
चार दिने दिल्ली बसाइपछि कांग्रेस नेताहरु असोज २५ गते नेपाल फर्किने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया