बिवाहमा हुने खर्च विद्यालयलाई

गगन अयडी 

धनगढी । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट र एनडी प्रकाश भट्टका जेठा छोरा सौनक भट्टले विवाहमा हुने खर्च धनगढीको पञ्चोदय माध्यामीक विद्ययालयललाई सहयोग गरेका छन् । 

उनले विवाह खर्चिलो विवाह नगरी कक्षा ११ र १२ मा पढ्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोगका लागि १ लाख ५० हजार  विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पञ्चोदयमा धेरै भएको बताउँदै प्रधानाध्यापक पदम कुँवरले आर्थिक सहयोगले विद्यालयलाई केही राहत पुग्ने बताए । सौनक भट्ट र मञ्जु लामिछानेले बैशाख ६ गते काठमाडौंको गुहेश्वर मन्दिरमा विवाह गरेको उपप्रमुख तथा सौनकका आमा शुसिला मिश्र भट्टले बताइन् ।

विवाहको खर्चलाई कटाएर सामाजिक कार्यमा सहयोग गर्न सकिने सौनकले बताए । सामाजिक भावना भएमा विवाहका लागि अभिभावकलाई आर्थिक भार समेत नहुने उनको भनाइ छ । विवाहमा भोज भतेरको सट्टा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सहयोगार्थ आर्थिक सहयोग गरेको उनले बताए । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातलीले नव दम्पत्तीको सामाजिक कार्यले खुशी बनाएको र अरुलाई प्रेरणा मिल्ने बताए ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद पाठकले विवाहको खर्चले अभिभावकलाई ऋणको भार बोकाउने गरेको भन्दै  सौनकले गरेको सामाजिक कार्यको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?