राप्रपालाई सरकारमा ल्याउने तयारी

काठमाडौं, २४ असोज- कांग्रेस नेतृत्वमा रहेको वर्तमान सरकारमा राप्रपासमेत सहभागी हुने भएकोे छ । सरकारमा सहभागी दल माओवादी केन्द्र प्रमुख प्रतिपक्षीसहितको एमालेसँगको गठबन्धनमा सहभागी भएर निर्वाचनको तालमेलमा लागेपछि कांग्रेस नेतृत्वमा समेत लोकतान्त्रिक शक्तिहरूको गठबन्धन बनेको हो, राजधानी दैनिकमा खबर छ ।सोही गठबन्धनमा सहभागी हुने निर्णय गरेको राप्रपाले सोमबार बसेको कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई समर्थन गर्ने निर्णयसमेत गरेको हो । यो निर्णयसँगै अब सरकारमा राप्रपासमेत सहभागी हुने निश्चित भएको छ ।काग्रेस नेता रमेश लेखकले राप्रपालाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको बताए ।‘सरकारमा आउन राप्रपा सकारात्मक छ, लोकतान्त्रिक शक्तिहरूको गठबन्धनमा समेत राप्रपा सहभागी छ, त्यसकारण पनि अब सरकारमा आउँछ,’ नेता लेखकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?