पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

लोकपथ
98
Shares

पाकिस्तान । पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा भुकम्प जाँदा २० जनाको मृत्यु भएको छ ।

आज बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रान्तीय राजधानी क्वेटादेखि १०० किलोमिटर पूर्व पर्ने हानी जिल्लालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको हो ।

उद्दारकर्ताहरुले भत्किएका संरचनाहरु हटाउने र अवरुद्ध सडकलाई खुलाउने प्रयास गरिरहेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?