डिशहोमको रिचार्जमा आकर्षक छुट

लोकपथ
234
Shares

काठमाडौं । रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन् । यो योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ ।

यो योजना संगै ग्राहकहरुले अव मासिक ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजारकाे लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने डिशहाेमले जनाएकाे छ । ‘लक्की ड्र’को प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?