तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले खरको छानो भएकाहरुलाई जस्तापाता (टिन) वितरण गर्न सुरु गरेको छ । सुरक्षित आवासका लागि जस्तापाता अभियान अन्तर्गत उपमहानगरपालिकाले पहिलो पटक वडा नम्बर १ बाट जस्तापाता विरतरण गर्न सुरु गरेको हो ।
शनिबार त्यहाँ एक कार्यक्रमको आयोजना गरेर तुलसीपुर उपहानगरपालिका मेयर घनश्याम पाण्डे र उपमेयर माया आचार्यले संयुक्त रुपमा खरको छानो भएका गरिब, विपन्न तथा आसाहय परिवारलाई जस्तापाता हस्तान्तरण गरेर अभियानको सुरुवात गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पाण्डेले निर्वाचनको समयमा खरको छानो भएकालाई जस्तापाता दिने आफनो चुनावी प्रतिवद्धता पुरा गर्ने क्रममा रहेको बताए ।
यस बर्ष पाँच सय खरको छानो भएका घरमा जस्तापाता लागउने बताउँदै मेयर पाण्डेले गरिबको पहिचान देखाउने खरको छानोलाई प्रतिस्थापन गरेर सम्वृद्धिको अभिानको सुरुवात गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया