हुवावेले ल्यायो आईसीटी विद्यार्थीहरु लक्षित ‘सीड्स फोर द फ्युचर इन नेपाल’ सीएसआर कार्यक्रम

लोकपथ
234
Shares

विस्वव्यापी रूपमा डिजिटल प्रतिभा विकास गर्ने आफ्नो सीएसआर कार्यक्रमअनुरुरूप हुवावेले अन्डर ग्रेजुएत लेभलका आईसीटी विद्यार्थीहरु लक्षित सीड्स फोर द फ्युचर इन नेपाल आज ललितपुर मा आयोजित पत्रकार सम्मेलन मार्फत घोषणा गरेको छ ।

हुवावेले नेपालमा यो कार्यक्रम ल्याएको पहिलो वर्ष हो। यो कार्यक्रम पहिलो पटक थाईल्याण्डमा २००८ मा सुरु भएको थियो। कार्यक्रम पहिलो पटक सुरु भएदेखि अहिलेसम्म १३० देशहरुबाट ९००० विद्यार्थीहरुले कार्यक्रममा भाग लिइसकेका छन्। यो वर्ष २० जना नेपाली विद्यार्थीहरुले प्रतिस्पर्धात्मक छनौट प्रक्रिया मार्फत छनौट भई अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन सक्नेछन् ।

छनाेट कमिटिमा आईसीटीका प्रतिष्ठित प्रोफेसरहरु प्रो.डा. शशिशर राम जोशी, प्राडा सुवर्ण शाक्य र प्रा. तिमिला यामी रहनेछन्।

कार्यक्रमले बिद्यार्थीहरुलाई ८ दिने अन्तरक्रियात्मक अनलाइन अनुभव र नेपालमा आईसीटी उद्योगको अवस्थाको बारेमा अवगत गराउनेछ। अनलाइन कार्यक्रमको दौरान, विद्यार्थीहरुलाई फाइभ जी , क्लाउड कम्प्युतिंग तथा एआई सम्बन्धित इन्ट्री लेभल र एडभान्स लेभल कोर्स गराइनेछ ।

भर्चुअल पर्यटनको माध्यमबाट चीनको अनुभव; विशेषज्ञहरुद्वारा साइबरसुरक्षा देखि एयरोस्पेस उद्योगका बारेमा एक अन्तर्क्रियात्मक र गतिशील कक्षा मार्फत विस्तृत दृष्टिकोण साझा गरिनेछ ; विभिन्न देशहरुबाट भाग लिएका विद्यार्थीहरुबीच सांस्कृतिक आदान प्रदान पनि हुनेछ ; साथै विद्यार्थीहरुले “Tech4Good” समूह परियोजनामा भाग लिने अवसर पाउनका साथै हुवावेको इतिहास र प्राविधिक विकासक्रमको बारेमा बुझ्न पाउनेछन् ।

विद्यार्थीहरुलाई हुवावेको नेपाल कार्यालयको भ्रमण गराइने र यसको माध्यमबाट नेपालमा आईसीटी उद्योगमा हुवावेको अनुभवको बारेमा परिचय गराइने; उद्योगमा विशेषज्ञहरुबाट कक्षाहरु; र डिसेम्बर महिनामा एक रमणीय स्थानमा रहेको हुवावेद्वारा निर्मित बेस स्टेशनमा एक रातको रमाइलो भ्रमण गराइने जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।

कार्यक्रमको समापन पछि , विद्यार्थीहरु पूर्व एलुम्नीसंग सम्मिलित हुनेछन् र थुप्रै वेबिनार, राउन्ड टेबल संवाद आदि कार्यक्रमहरु वर्षभरी नै आयोजना गरिने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

कार्यक्रम उत्कृष्ट शैक्षिक पृष्ठभूमि भएका कुनैपनि आईसीटी संकायबाट स्नातक विद्यार्थीहरुको लागी खुला रहेको कुरा आयोजकले बताएको छ । विद्यार्थीहरुले कार्यक्रममा सहभागिताका लागि सिधै आवेदन दिन www.seedsnepal.com मार्फत आफ्नो ट्रान्सक्रिप्ट वा आफ्नो शिक्षण संस्थाबाट सिफारिश पत्र र ६०० शब्दको मोटिभेसन लेटर बुझाउनुपर्नेछ ।

छनाेट समितिले योग्यताका आधारमा अन्तिम सुची घोषणा गरी अन्तर्वार्तामार्फत २० जना फाइनलिस्ट छनाेट गर्नेछ।

हुवावे टेक्नोलोजीज् नेपालका सीइओ विलियम झान्गले नेपालका विद्यार्थीहरुले उत्साहपूर्वक कार्यक्रममा भाग लिने आशा व्यक्त्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?