काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अव निति र योजना बाँड्ने बताएका छन् ।
शनिवार त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय ब्यवस्थापन बिभागद्वारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई पुरानो ढर्रा भन्दा माथि उठेर समावेशी तरिकाले अघि बढाउने स्पष्ट पारे । उनले अव सिहंदरवारमा बसेर योजना बनाउने प्रबृत्तिभन्दा माथि उठेर मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र निति निर्माण गरिने बताएका छन् ।
उनेले त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन बिषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई सम्वोधन गर्दै मुलुकमा कुशल ब्यवस्थापकको खाँचो रहेको औँल्याए । उनले केन्द्रिय बिभागले आयोजना गरेको म्याराथुन दौडमा उत्कृष्ट धावकलाई पुरस्कार बितरण गदै बिभिन्न प्रतियोगिताका सहभागीहरुलाई सम्मान गरे ।
कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय ब्यवस्थापन बिभागका प्रमुख प्राध्यापक डा भोजराज अर्यालले बिश्वबिद्यालयको ब्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समय सापेक्ष बनाउन सरकारले आवश्यक स्रोत साधनको ब्यवस्थापन गर्नुपर्ने बताए ।
मध्य पश्चिमाञ्चल बिश्वबिद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले ब्यवस्थापन शिक्षालाई नेतृत्व तहसम्म पुर्याउन शिक्षा प्रणालीलाई थप जिम्मेवारपूर्ण बनाउनु पर्ने बताए ।
कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय ब्यवस्थापन संकायका प्राध्यापक डा सुनिती श्रेष्ठ, ब्यवस्थापनबिद् र बैंक तथा बित्तिय सस्थाका प्रतिनिधिहरुले ब्यवस्थापनको क्षेत्रमा देखिएको चुनौतीको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा म्याराथुन धावक बैकुण्ठ मानन्धरले म्याराथुनको उद्धघाटन गरे भने ब्यवस्थापन बिभागले बिभिन्न प्रतियोगिताहरुको आयोजना गरेको थियो ।
मुलुकको र्बैक तथा बित्तिय सस्था लगायत बिभिन्न क्षेत्रमा ब्यवस्थापनको जिम्मेवारी सम्हालेका जनशक्तिहरुलाई एकै ठाँउमा भेला पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया