बागमती प्रदेशको नवौं अधिवेशन बोलाउन सिफारिस, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

लोकपथ
399
Shares

काठमाडौं । बागमती प्रदेशको नवौं अधिवेशन असोज २४ गते आह्वान गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।

बुधवारको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतवार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

मुख्यमन्त्री शाक्यले असोज २५ गते विश्वासको मत लिने तयारी गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?