१.मन्त्रालय भागवण्डा टुंगिएसंगै गठबन्धनमा रहेका दलहरु मन्त्री छान्दै, मन्त्री बन्न सांसदहरुको लर्काे लागेपछि मन्त्रीको नाम टंग्याउनै हम्मे हम्मे, माओवादीले भने छान्यो मन्त्री ।
२. कांग्रेसको आसन्न १४ औ महाधिवेशन अन्र्तगत हालसम्म ६ सय ५ स्थानीय तहमा नेतृत्व चयन, २ सय ५० वटामा सभापति देउवा र १ सय ८० वटामा वरिष्ठ नेता पौडेल पक्षको वर्चश्व ।
३. प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाए विश्वासको मत, अख्तियारले प्रदेश २ सरकारलाई बद्नाम गराउन खोजेको राउतको टिप्पणी, बेटी पढाउ, बेटी बचाउ अभियान’ कार्यक्रमलाई विवादित बनाउने षड्यन्त्र भएको आरोप ।
४.पार्टीको नेतृत्व गर्ने पालो अब काठमाडौंको रहेको कांग्रेस नेता प्रकाशमान सिंहको भनाई, १४ औं महाधिवेशनमा आफू सभापतिमा भीड्ने ।
५.आज ६६ औं प्रहरी दिवस,नेपाल प्रहरी अनुसन्धान कार्यमा कसैसँग संझौता नगर्ने संगठन भएको भन्दै प्रधानमन्त्री देउवाले गरे प्रशंशा ।
६.बिहीवार बडादशै अन्तर्गत घर घरमा घटस्थापना गरिदै,घटस्थापनाको उत्तम साइत भने बिहान ११ बजेर ४६ मिनेटमा ।
७.तलव भत्ताको माग गर्दै म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित,लेखापाल र मेडिकल सुपरिटेन्डेन्टको विवादले १२३ जनाको तलव तीन महिनासम्म रोकियो ।
८.नेपाल प्रहरीबाट प्रथम महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान,महिला प्रहरीको प्रतिनिधित्व गरेर इतिहाँस रचेको भन्दै अवार्ड ।
९.श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न माग गर्दै पत्रकारमहासंघद्वारा माइतीघर मण्डलामा प्रदर्शन, आवश्यक परे महासंघले मिडिया संचालकको घरमै पुगेर आन्दोलन गर्ने ।
१०. बुधवार नेपालमा कोरोनाका १ हजार ४३ जना नयाँ संक्रमित थपिए, ८ सय ९१ जना संक्रमणमुक्त,पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु
११.लुम्विनी प्रदेश सरकारद्वारा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाको प्रतिस्थापन बजेट सार्वजनिक,नेकपा एमालेद्वारा भने प्रदेश सभा बैठक बहिस्कार ।
१२.सरकारद्वारा बजार अनुगमनलाई तीब्रता, काठमाडौंको न्यूरोडमा रहेका बिभिन्न पाँचवटा पसललाई कारवाही, कारवाहीमा परेका मध्ये तीनवटा पसल भने दर्ता नै नगरी संचालन ।
१३.केही दिन यता घटबढ हुँदै आएको नेपाली शेयरबजारमा बुधवार भने हरियाली, ४ अर्व ५० करोड ६ लाख भन्दा बढीको शेरयर कारोबार ।
१४.फेसबुककी एकजना पूर्व कर्मचारीद्वारा कम्पनीको आलोचना,फेसबुकले बालबालिकालाई हानी गर्ने र लोकतन्त्रलाई कमजोर पार्ने ।
१५.भैरहवा ग्लाडियसर्ट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश,भैरहवाद्वारा काठमाडौं किंग्स इलाभेन १६ रनले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया