मनपरेकी मान्छे टाढिएको झोँकमा दुई नाबालकको हत्या गरे दिलीपले

काठमाडौं । राजधानीको नयाँ बानेश्वर स्थित सुकुम्बासी बस्तीमा  एक हृदयविदारक घटना भएको छ । एक युवकले दुई नाबालकको हत्या गरेर खाटमुनि फालेर भागेको खुल्न आएको छ । 
दिलीप यादवले  सम्झनमा सरदारका ६ बर्ष र ८ बर्षका दुई नावालक छोरा  हत्या गरेको अवस्थामा फेला परेका थिए । 

श्रीमानले छाडेको सरदारसँग दिपीलको केहि पहिले सम्बन्ध रहेको र अहिले टाढिँदै  गएपछि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । ह

त्यामा संलग्न यादवलाई पीडितको उजुरीको आधारमा सिराहाको मार्डर चोकबाट नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिए । 
विराटनगर स्थित एक होटलमा काम गर्दै आएकी सम्झनालाई दिलीपले एक महिनाअघि आफूसँग नजिक नभए बच्चा मारिदिने धम्की दिएका थिए । 

यही क्रममा एकाएक बच्चाहरु हराएपछि परिवारले वैशाख १० गते महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा उजुरी दिएका थिए । शुक्रवार दिलीप आफैंले सम्झनालाई छोरा मारिदिएको भनेपछि उनले प्रहरीलाई गरेको खबरका आधारमा उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?