काठमाडौं । विभिन्न सञ्चारगृहमा काम गरेवापत्को पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् ।
काम गरे वाप्तको पारिश्रमिक नपाएको भन्दै विभिन्न सञ्चार गृहमा आन्दोलित पत्रकारहरुको पक्षमा बुधबार नेपाल पत्रकार महासंघले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनमा पारिश्रमिक नपाएर आन्दोलित भएका पत्रकार र आन्दोलनलाई समर्थन गर्न पुगेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारगृह सञ्चालकले पत्रकारको मर्म नबुझेका कारण आन्दोलन गर्न बाध्य भएको बताए । आगामी दिनमा श्रमको मूल्य नतिर्ने सञ्चारगृहका सञ्चालकहरुको घरमै पुगेर धर्ना बस्न बाध्य हुने पनि उनले चेतावनी दिए । उनले भने– ‘तपाईहरुले तत्काल श्रमजिवीका समस्याहरु समाधान गर्नुभएन भने तपाईहरुको सञ्चारगृहमा ताला लगाउनु परेपनि हामी पछाडी हट्दैनौँ । पत्रकार महासंघले प्रेस स्वतन्त्रता र श्रमको अधिकारको पक्षमा कहीँ कतै सम्झौता गर्दैन । आज माइतिघर मण्डलामा छौँ । भोलीदेखि हामी तपाईहरुको सञ्चारगृह र तपाईहरुको निवासको गेटमा धर्ना दिनु नपरोस् भन्ने चेतावनी दिन चाहान्छु ।’
उनले श्रमजिवी ऐन लागु गर्न सरकारसँग माग पनि गरे । श्रमजिवी ऐनमा समस्या भए र संशोधन आवश्यक भए महासंघ छलफल गर्न तयार रहेको पनि उनले उल्लेख गरे । प्रदर्शनमा पत्रकारहरुले श्रमजिवी पत्रकार ऐन कायम गर, पेशागत आन्दोलन रक्षाको लागि आन्दोलन जारी छ, हामी पत्रकार, चाहान्छौँ श्रम अधिकार लगायत लेखिएको प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया