काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार ९आज० मुख्यमन्त्री राउतले प्रदेश सभाबात विश्वासको पाएका हुन् ।
सत्तारुढ दल केन्द्रमा विभाजन भएसँगै प्रदेश सभामार्फत विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार मुख्यमन्त्री राउतले आज विश्वासको मत लिएका थिए ।
विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको बैठकमा १०० जना सांसदहरुको उपस्थित रहेको थियो । जसमा ७७ जनाले उनको पक्षमा
मतदान गरेका हुन् । भने विपक्षमा २३ मत परेको थियो ।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) सहित राउत नेतृत्वको सरकारलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र लगायत दलको समर्थन रहेको छ । गत भदौ १ गते सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै जसपा विभाजन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया