१३ मङ्सिर २०७८, सोमवार

पनौति नगरपालिकाले सार्वजनिक गर्‍यो घुम्ने ठाउँहरुको सूची

२०७८,आश्विन,२०,बुधबार १८:१०

252
Shares

काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको पनौति नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ ।

बुधबार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो ।

नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौति नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको बताएको छ । मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले आगन्तुकहरुलाई आनन्द प्रदान गर्ने मनोरम स्थानहरु रहेको निस्कर्ष रहेको छ ।

साहसीक पर्यटनका लागि पनि पनौति उपर्युक्त स्थान रहेको भन्दै नगरपालिकाले पनौतिमा मनोरञ्जनात्मक कार्य गर्नको लागि प्याराग्लाडिङ, रक क्लाइम्बिङ जस्ता खेलहरु रहेको बताएको छ । पनौति–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक –लोल्याण्ड ट्रेक), साँगा–पनौति हाएक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फूल्चोकी वरीपरी),बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रट, सामुदायिक र नीजि होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा मेला अवलोकन भ्रमण गर्नेपर्ने गतिविधिहरु हुन् ।

प्रकाशित मिति: २०७८,आश्विन,२०,बुधबार १८:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

म्याग्दी । पछिल्ला दुई वर्ष कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प भए पनि म्याग्दीका पर्यटकीयस्थलमा ठूलो लगानीमा होटल थपिएका छन् ।

भक्तपुर ।  मध्यपुर थिमि नगरपालिकाले  पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको मध्यपुरथिमिको सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरेका छ ।

काठमाडौं । भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एवँ धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक

काठमाडौं । तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२