यस्तो मेकअपले तपाई सुन्दर र आकर्षण देखिनुहुन्छ

अनुहारलाई आकर्षण तथा सुन्दर बनाउन मेकअपको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि आवश्यक हुन्छ सहि मेकअप गर्ने तरीका । साथै मेकअपका लागि उचित साधन चुन्न सक्नु पर्छ । आफूलाई आवश्यक परे अनुसार मेकअप गर्ने कलाको विविधता बारे जान्नु पनि जरुरी हुन्छ । 

फाउन्डेशन : अनुहारसँग म्याच गर्ने फाउन्डेशनले अनुहारलाई एक राम्रो बेस दिन्छ । कुनै पनि समारोह तथा उत्सवका लागि तयार हुनुपूर्व फाउन्डेनको सही छनौट र उसलाई लगाउने सही तरिका जान्नु आवश्यक हुन्छ । जब फाउन्डेशन खरिद गर्नुहुन्छ, त्यतिबेला ध्यान दिनुपर्ने हुन्छ । यसले तपाईको अनुहारसँग म्याच गर्ने खालको हुनुपर्छ । अनुहारको रंगसँग फाउण्डेशन पनि मिल्ने खालको हुनुपर्छ ।

आइस्याडोः आफ्नो चिउँडोलाई अगाडि बढाएर माथि गर्नुहोस् । नाकको टुप्पोटितर हेर्नुहोस् । ब्रशको मद्दतले आइस्याडोलाई आँखाको एक कुनादेखि अर्को कुनासम्म फैलाउनुहोस् । यस्ता गर्दा तपाईले लगाएको आइस्याडो कृत्रिम देखिन्छ ।

आइलाइनरः आइलाइनर लगाउने बेला ऐनाको अगाडि झुक्नुभन्दा आफ्नो टाउँकोलाई पछाडि झुकाउनुहोस् र आँखाभैंलाई माथि खिच्नुहोस् । अब आइलाइनरको पेन्सिलाई बरौनिमा सिधा राख्नुहोस् । आँखा पटक–पटक झुकिरहेका छन् भने केही सोच्नुहोस् । सम्पूर्ण ध्यान बरौनिमा राखेको पेन्सिलमा दिनुहोस् । अब बिस्तारै आँखालाई आकर्षक आकार दिएर रेखा खिच्नुहोस् ।

ब्लशरः ब्लशरलाई एकतर्फको गला फुकाएर हल्का मुस्कुराउँदै लाउँदा राम्रो हुन्छ । ओठका कुनाहरु माथि उठाउँदै गलाको ठीक माथि ब्लशर लगाउनुहोस् । 

लिपस्टिकः ओठलाई सामान्य मुद्रामा राख्नुहोस् । अनि विस्तारै हल्का मुस्कुराउँदै लिपलाइनरले ओठमा आकार दिनुहोस् । ओठा पातला छन् भने प्राकृतिक लाइनभन्दा अलिकति बाहिर लाइन बनाउनुहोस् । र लिप ब्रसको मद्दतले एक शेड हल्का कलरको लिपस्टिकले ओठमा रंग भर्नुहोस् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?